फर्स्ट माइक्रोफाईनान्सको सिईओमा नुमनाथ पौडेल नियुक्त |

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नुमनाथ पौडेल नियुक्त भएका छन् । संस्थाको शनिबार बिहाना बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सिइओमा नियुक्त गरेको हो ।
संस्थाका अनुसार कात्तिक १६ गतेदेखि लागुहुने गरी आगामी ४ वर्षको लागि उनलाई सिइओमा नियुक्त गरिएको हो । उनी यसअघि हाथवे इन्भेष्टमेन्ट कम्पनीको सिइओ रुपमा कार्यरत थिए ।