काठमाडौं उपत्यकामा थपिए २ हजार ३ सय ८८ जना कोरोना संक्रमित |

काठमाडौं । काठमाडौं उपत्यकामा थप २ हजार ३ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए ।
त्यसमध्ये काठमाडौंका २ हजार ८ जना, भक्तपुरका ९९ जना र ललितपुरका २ सय ८१ जना छन् ।
उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । आज देशभर थप ३ हजार ७९० कोरोना संक्रमित थपिएका छन् भने २३३५ जना निको भएर घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ ।