हुन्डाइ कोना र आयोनिक इलेक्ट्रिक गाडीको मूल्य निर्धारण |
काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालमा इलेक्ट्रिक गाडीको मूल्य निर्धारण गरेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाइको इलेक्ट्रिक ३ वटा गाडीको मूल्य निर्धारण गरेको हो ।
कोना इभी सय किलो वाटको मूल्य ७६ लाख ९६ हजार निर्धारण गरिएको छ भने कोना इभी १ सय ५० वाटको ९४ लाख ९६ हजार तय भएको छ ।
त्यस्तै आयोनिक सय वाटको ७६ लाख ९६ हजार तोकिएको छ । यसको यसअघि मूल्य ५५ लाख ९६ हजार थियो ।
कोना इभी १०० को ५५ लाख ९६ हजार र कोना इभी १५० को ६५ लाख ९६ हजार थियो । सरकारले इलेक्ट्रिक गाडीमा कर बढाएपछि सो गाडीको पनि मूल्य बढेको हो ।