टिभिएसको दसैं स्किममा गणेशप्रसाद गौतमले जिते अपाचे बाइक |
काठमाडौं । टिभिएस दसैं आशा योजनाअन्तर्गत गणेश प्रसाद गौतमले विजेता भएका छन् । उनले टिभिएस अपाचे आरआर ३१० जितेको हुन् ।
यस योजनामा सहभागिता जनाउन टिभिएसको मोटरसाइकल खरिद गरेकै हुनु पर्ने भन्ने छैन ।
यो योजना अन्तर्गत टिभिएसको कुनै पनि मोटरसाइकल किन्दा नगद छुटको रूपमा ९ हजार र स्कूटर किन्दा ७ हजार रुपैयाँ नगद छुट पाइने बताइएको छ ।
५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर किन्दा ग्राहकले शुन्य प्रतिशत ब्याजदरमा खरिद गर्नसक्ने छन् ।
यी दुई मध्ये कुनै एक स्कीम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ ।