वीरगन्जको गणेश अपार्टमेन्टमा प्रहरीको छापा, २३ किलो सुन बरामद |
वीरगन्ज । प्रहरीले वीरगन्जको एउटा अपार्टमेन्टमा छापा मारी २३ किलो सुन पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–५ स्थित गणेश अपार्टमेन्टबाट सुन बरामद गरिएको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।
पन्तका अनुसार सुन कसको हो खुलिसकेको छैन । सुनसँग कोही व्यक्ति पक्राउ परेका पनि छैनन् । बरामद सुनमध्ये २२ किलो विस्कुट आकारको र एक किलो गरगहना रहेको बताइएको छ ।
पन्तका अनुसार अपार्टमेन्टको तेस्रो तलाको ३०३ नं. फ्ल्याटमा भारत पूर्वी चम्मपारण हरैयाका निवासी अशोक सिन्हाको बस्ने गर्थे ।
सो फ्ल्याटमा सुन रहेको विशेष सूचनाका आधारमा प्रहरी पुगेको थियो। तर, सिन्हा भने फेला परेका छैनन् ।