कोरोनाबाट थप १९ जनाको मृत्यू |

काठमाडौं । गत २४ घण्टामा कोभिड १९ संक्रमणका कारण थप १९ जनाको निधन भएको छ । योसँगै नेपालमा संक्रमणका कारण निधन हुनेको कुल संख्या ६९४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १२ हजार ३४९ र होम आइसोलेशनमा २४ हजार १९४ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा पीसीरआर १६ हजार ५९८ जनाको भएको छ ।