नेपाल फाइनान्सले हकप्रद निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति तोक्यो |
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति तय गरेको छ ।
फाइनान्सले हकप्रद निष्काशन प्रयोजनको लागि कात्तिक ६ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार कात्तिक ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले फाइनान्सको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । फाइनान्सले १२५ प्रतिशत अर्थात विद्यमान १ कित्ता शेयर बराबर नयाँ १.२५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ९७ हजार ५०६.२५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
हाल १३ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको १२५ प्रतिशत हकप्रद बिक्रीपश्चात पूँजी ३० करोड ५५ लाख रुपैयाँ पुग्नेछ ।
नेपाल राष्ट्र बेंकले फाइनान्स कम्पनीहरुको चुक्ता पुँजी ८० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ । केन्द्रिय बैंकले भनेअनुसारको पूँजी पुर्याउन फाइनान्सले थप १७५ प्रतिशत हकप्रद निष्काशन गर्ने तयारी गरेको छ । उक्त प्रस्ताव फाइनान्सको साधारणसभाले पारित गरिसकेको छ ।