सानिमा बैंकले १३.६० प्रतिशत लाभांश वितरण गर्ने |
काठमाडौं । सानिमा बैंक लिमिटेडले हाल कायम चुक्ता पूँजीको १३.६० प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बैंकले ३.६० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर गरी कुल १३.६० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । असोज २७ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
हाल बैंकको चुक्तापूँजी ८ अर्ब ८० करोड १३ लाख रुपैयाँ छ ।