१८ जना सांसदहरुको हस्ताक्षरसहित कर्णाली प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता |

काठमाडौं । कर्णाली प्रदेश सरकारविरुद्ध सत्तारुढ दलकै सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गराएका छन् । आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै प्रदेशसभासदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
प्रदेश सांसद यमलाल कडेलसहितका १८ जना सांसदहरुले हस्ताक्षरसहित संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका छन् । त्यसपछि सांसदहरुको टोली आइतबार दिउँसो नै प्रदेशसभा सचिवालय पुगेर प्रस्ताव दर्ता गराएको कडेलले जानकारी दिए ।
हस्ताक्षर गर्नेमा पूर्व एमालेका १३ र पूर्वमाओवादीका ५ जना सांसद छन् । कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसद रहेका छन् ।

