अपि पावरले १ː ०.४७ बराबरको हकप्रद शेयर कात्तिक १४ गतेदेखि निष्काशन गर्ने |
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले कात्तिक १४ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर नयाँ ०.४७ कित्ता शेयर को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद जारी गर्नेछ ।
हकप्रद निष्काशनका लागि कम्पनीले २०७६ चैत १ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार फागुन ३० गतेसम्म कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।
कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा सिद्धार्थ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर, थापाथली, सिद्धार्थक बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत मंसिर ४ गतेसम्म आवेदन दिन पाउनेछन् ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको हकप्रदलाई इक्राएनपि आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ । ग्रेड ४ रेटिङ्गले कम्पनीको वित्तीय आधारभुत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ ।
हाल १ अर्ब १९ करोड ७ लाख रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ पुग्नेछ ।