युट्युबका प्रिमियम ग्राहकलाई विशेष सुविधा, प्रति महिना करिब १२ अमेरिकी डलर तिर्नु पर्ने |
भिडिओ सेयर गर्ने युट्युब प्लेटफर्मले नयाँ सुविधा परीक्षण गर्ने नीति ल्याएको जनाएको छ । एक्सडीए–डेभलपर्सका अनुसार परीक्षणका रुपमा यो सुविधा विशिष्ट (प्रिमियम) ग्राहकलाई मात्र उपलब्ध हुनेछ ।
केही छानिएका गूगल प्रयोगकर्ताले यी सुविधाहरू परीक्षण गरिसकेको दी भर्जले जनाएको छ । प्रिमियम ग्राहकले युट्युब प्रयोग गर्दा भिडिओ, आवाज, आवाज मार्फत खोजी र अन्य भाषासम्बन्धी फिल्टरहरू प्रयोग गर्न पाउने छन् ।
प्रिमियम सेवा लिन ग्राहकले प्रति महिना करिब १२ अमेरिकी डलर तिर्नु पर्नेछ ।
ग्राहकले विज्ञापन रहित, पृष्ठभूमिका अन्य सामग्री हटाएर पनि भिडिओ हेर्न सक्नेछन् भने युट्युब म्युजिक च्यानलमा समेत अलग पहुँचको सुविधा लिन सक्नेछन् ।