पेटिएमले सार्वजनिक गर्यो ‘एप स्टोर’, गुगललाई चुनौती |
भारतीय इ–वाणिज्य भुक्तान प्रणाली तथा वित्तीय प्रविधि कम्पनी पेटीएम डिजिटलले आफ्नो नयाँ एन्ड्रोइड ‘पेटिएम मिनी एप स्टोर’ सार्वजनिक गरेको छ ।
योसँगै पेटिएमले भारतीय प्रविधिकर्तालाई गुगलको एकाधिकार अन्त्य गर्न समर्थन गरेको हिन्दुस्तान टाइम्सले जनाएकाे छ ।
सेप्टेम्बर १८ मा रियल–मनी गेमिङमा विकासकर्ताहरुद्वारा निर्मित दिशानिर्देशकहरुको उल्लघंन गरेको भन्दै गुगल प्लेस्टोरबाट पेटिएम एप अस्थायी रुपमा हटाइएको थियो। योसँगै ‘पेटिएम मिनी एप स्टोर’ विकास कार्य सुरु भएको हो ।
हिन्दुस्तान टाइम्सले जनाएअनुसार गत साता पेटिएमका संस्थापक विजय शेखर शर्मा र राजर्पेका हर्शिल माथुर लगायत ५० स्टार्टअप संस्थापकले गुगललाई चुनौती दिनसक्ने भारतीय एप–स्टोर निर्माण सम्भावनाबारे छलफल गरेका थिए ।
गुगल प्लेस्टोरबाट पेटिएम एप हटाएसँगै गुगललाई भारी परेको छ। किनकि यसले गुगलको 'इन–बिल सिस्टम'मा समस्या पारेको छ ।
इन–बिल सिस्टममार्फत गुगलले कुनै पनि डिजिटल उत्पादन वा सेवाको लागि बनाइएका एपको लेनदेनबाट ३० प्रतिशत फाइदा लिदैं आएको छ ।
उक्त एपले अब विकासकर्ताहरूलाई उनीहरूको उत्पादन सर्वसाधारणमाझ पुर्याउन सगाउँनेछ। र यसले एप्लिकेसन भित्रै रहेर मिनी–एपहरुको सूचीबद्ध र वितरण गर्नेछ। जसमा पेटिएम मिनी एपले कुनै कमिसन नलिने बताइएको छ ।
पेटीएम एन्ड्रोइड मिनी एप स्टोरमा तीन सय भन्दा बढी एप हुने कम्पनीकाे भनाइ छ। जसमध्ये डिकाथालोन, ओला, पार्क, र्यापिडाे, नेटमेड्स, १ जीएम, डोमिनोज पिज्जा, फ्रेश मेनु र नो ब्रोकरका एप छन् ।