जनरल इन्स्योरेन्स कम्पनीको आईपिओ मंगलबार बाँडफाँड हुने |
काठमाडौं । जनरल इन्स्योरेन्सको आईपीओ असोज २० गते, मंगलबार बाँडफाँड हुने भएको छ । कम्पनी शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले इन्स्योरेन्सको आईपीओ मंगलबार बाँडफाँड हुने जनाएको हो ।
कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलले मंगलबार बिहान १०ː३० बाँडफाँड हुने जनाएको छ । आइतबार साँझ प्रिअलटमेन्टको सम्पूर्ण काम सकिसकेको छ ।
कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो। कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको थियो । सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिएका थिए ।
कम्पनीको आईपीओ करिब ८ गुणा बढी आवेदन परेको छ । शेयर निष्काशन तथा बाँडफाँड नियमावली अनुसार न्यूनतम १० कित्ताको दरले शेयर वितरण गर्दा २ लाख ७३ हजार जनाले मात्रै शेयर पाउनेछन् भने बाँकि आवेदकको हात खालि हुनेछ ।
हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ । आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ ।