जहाँ छौँ, त्यहिँ बसेर दशैँ मनाऔँ ː स्वास्थ्य तथा जनसंख्या मन्त्रालय |
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ’जहाँ छौँ, त्यहिँ बसेर दशैँ मनाउन’ आग्रह गरेको छ । आइतबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।
काठमाडौंमा बढ्दो संक्रमणका कारण मन्त्रालयले सर्वसाधारणलाई सो अनुरोध गरेको हो । पत्रकार सम्मेलनमा प्रवक्ता डा. गौतमले भने, ‘जहाँ छौँ , त्यहिँ दशैँ मनाऔँ’ ।
यसकासाथै मन्त्रालयले गोष्ठी, सेमिनार, सभा सम्मेलन नगर्न पनि सुझाव दिएको छ । जनस्वास्थ्यका मापदण्ड उल्लंघन गर्नेलाई कारवाही गर्ने प्रस्ताव पनि पठाइएको मन्त्रालयले जनाएको छ ।