सूचीकृत कम्पनीलाई असोज मसान्तसम्म नवीकरण शुल्क बुझाउन नेप्सेले दियो निर्देशन |
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले असोज मसान्तसम्म नवीकरण शुल्क बुझाउन सूचीकृत कम्पनीहरुलाई निर्देशन दिएको छ ।
नेप्सेले मंगलबार एक सूचना जारी गर्दै २०७७∕७८ को लागि नविकरण शुल्क बुझाउन बाँकी रहेका सूचीकृत कम्पनीहरुलाई असोज मशान्तसम्म नविकरण शुल्क बुझाउन आग्रह गरेको हो ।
असोज मसान्तसम्म नवीकरण शुल्क नबुझाए नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरीवाना बुझाउनुपर्ने नेप्सेले जनाएको छ ।