सुन्दर यातायातले काठमाडौं बाहिर पनि बिजुली बस चलाउने |
काठमाडौं । सुन्दर यातायातले उपत्यका बाहिर पनि बिजुली चलाउने भएको छ ।
यातायातले उपत्यका भित्र बिद्युतीय सार्वजनीक बस संचालन गरेको एक वर्ष पुरा भएको अवसरमा धुलिखेल–काठमाण्डौं बस सेवाको तयारी थालेको हो ।
बुधवार धुलिखेल–काठमान्डौ रुटमा बिजुली बसको परिक्षण गरिने सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।
‘भोली हामी परिक्षण गर्दैछौ । त्यहाँ धुलिखेलका मेयर असोक व्यञ्जनकारले गाडी निरिक्षण गर्नुहुनेछ । हामी यो रुटमा उपयुक्त स्थान हेरेर चार्जिङ स्टेशन पनि निमार्ण गर्छौ,’ थापाले भने ।
सुरुवाति समयमा यो रुटमा ४ वटा बस संचालन गरिने उनले जानकारी दिए ।