यस्ता छन् बजारमा पाइने हुवाइका फोन |
काठमाडौं । तपाईं चिनियाँ ब्राण्ड ‘हुवाइ’को फोन किन्ने सोचमा हुनुहुन्छ । यदि सोचमा हुनुहुन्छ भने अहिले वाई सिरिजअन्तर्गतका हुवाइ वाइ६एस, वाइ९एस, वाइ म्याक्स सजिलै बजारमा पाउन सकिने कम्पनीले बताएको छ । ती फोनको विशेषताको बारेमा यहाँ चर्चा गरिएको छ ।
हुवाइ वाइ६एस
६.९ इञ्च डिस्प्ले रहेको यो स्मार्टफोनको बाह्य क्षमता ३ जिबी र आन्तरिक क्षमता ३२ जिबी रहेको छ । फोनमा ८ मेगापिक्सेलको सेल्फी क्यामरा र १३ मेगापिक्सेलको ब्याक क्यामेरा जडान गरिएको छ ।
यसमा ३ हजार २० एमएचको ब्याट्री रेहको छ । फोनको सुरक्षाको लागि फिंगर प्रिन्ट जडान गरिएको छ । यो फोन ग्राहकले 'स्टेरी ब्ल्याक' र 'अर्चिड ब्लु' रङमा पाउने छन्। यसको बजार मूल्य १६ हजार ७ सय ९० तोकिएको छ ।
हुवाइ वाइ९एस
यो फोनमा ६.५९ इञ्चको डिस्प्ले जडान गरिएको छ । फोनमा तीनवटा क्यामेरा जडान गरिएको छ । त्यसमध्ये ४८ मेगापिक्सेलको मूख्य क्यामेरा, ८ मेगा पिक्सेलको वाइड क्यामेरा र २ मेगापिक्सेलको डेप्थ क्यामेरा रहेको छ ।
१६ मेगा पिक्सेलको सेल्फी क्यामेरा जडान गरिएको छ । फोनको आन्तरिक क्षमता १२८ जिबी रहेको छ भने बाह्य क्षमता ६ जिबी रहेको छ । फोनमा ४ हजार एमएएच ब्याट्री क्षमता जडान गरिएको छ ।
ग्राहकले यो फोन मिडनाइट ब्ल्याक र ब्रेथिक क्रिष्टल गरी दुई रङमा पाउने छन् । यसको बजार मूल्य ३३ हजार ९ सय रूपैयाँ तोकिएको छ ।
हुवाइ वाइ म्याक्स
७.१२ इञ्च डिस्प्ले रहेको यो फोन आन्तरिक क्षमता १२८ र बाह्य क्षमता ४ जिबी रहको छ। फोनमा १६ मेगापिक्सेलको मुख्य र २ मेगापिक्सेलको डेप्थ क्यामेरा जडान गरिएको छ ।
त्यस्तै, ८ मेगा पिक्सेलको सेल्फी क्यामेरा रहेको छ। यसको ब्याट्री क्षमता ५ हजार एमएएच रहेको छ । ग्राहकले यो फोन कालो, सेतो र खैरो रङमा किन्न पाउँनेछन् ।
यसको बजार मूल्य ३८ हजार ९ सय ९० तोकिएको छ। तर दराजमा भने २९ हजार ९ सय ९० रूपैयाँमा पाइने कम्पनीले बताएको छ ।
मोडल |
मूल्य |
हुवाइ वाइ६एस |
१६,७९० |
वाइ९एस |
३३,९९० |
वाइ म्याक्स |
३८,९९० |