नोकियाले एकैपटक ३ फोन ल्याउँदै, के के हुनेछन् विशेषता ? |
काठमाडौं । फिनिस मोबाइल फोन कम्पनी एजएमडी ग्लोबलले नोकियाको तीन नयाँ स्मार्टफोन एकैपटक बजारमा ल्याउने भएको छ ।हिन्दुस्थान टाइम्स टेककोअनुसार कम्पनीले नोकिया २.४, नोकिया ३.४ र नोकिया ७.३ सार्वजनिक गर्ने भएको हो ।
मंगलबार कम्पनीले आफ्नो आधिकारिक वेबसाइटमार्फत ती स्मार्टफोन सार्वजनिक गर्ने भएको छ ।
बेलायतको समयअनुसार साँझ चार बजे अर्थात् नेपाली समयअनुसार राती आठ बजे उक्त स्मार्टफोन सार्वजनिक गर्ने कम्पनीले बताएको छ ।
के–के छन् विशेषता ?
नोकिया २.४ फोन ६.५ इन्च डिस्प्लेको हुनेछ । जसमा २ जिबी र्याम र १६ जिबी स्टोरेज हुनेछ। यो स्मार्टफोनमा पछाडि दुईवटा क्यामेरा र एक फिंगरप्रिन्ट सेन्सर पनि रहेको छ ।
नोकिया ३.४ मा भने गोलो आकारको क्यामेरा जडान गरिएको छ । यो स्मार्टफोट ३ जिबी र्याम र ६४ जिबी स्टोरेजसम्म आउनसक्ने बताइएको छ ।
यो मोबाइल ६.५२ इन्चको एजडी डिस्प्ले, क्वालकोम स्नेपड्रेगन प्रोसेसर र ४००० एमएएच ब्याट्रीको साथ आउने अपेक्षा गरिएको छ ।
हालसम्म नोकिया ७.३ को बारेमा विस्तृत जानकारी दिइएको छैन । मार्चमा नोकिया ८.३ फाइब जी र नोकिया ५.३ भित्राएपछि नोकिया ७.३ एचएमडी ग्लोबलको दोस्रो मुख्य स्मार्टफोन हुने बताइएको छ ।
एजएमडी ग्लोबलले करिब चार वर्षदेखि नोकिया ब्रान्डअन्तर्गत मोबाइल बनाउँदै आएको छ । यस कम्पनीले नोकिया ब्रान्डका फोनहरु, एन्ड्रोइडका स्मार्टफोन र ट्याब्लेट जस्ता उपकरण पनि विकास गरिरहेको छ ।