यामाहा रे जेडआरको भर्चुअल शुभारम्भ आज राती | युट्युब च्यानल “यामाहा नेपाल”मा आज साँझ ७ बजे प्रत्यक्ष प्रसारण
काठमाडौं । यस सिजनमा सबैभन्दा बढी प्रतिक्षा गरिएको समारोहको प्रसारण आज राती हुने भएको छ । सम्पूर्ण नयाँ यामाहा रे जेडआर १२५ एफआईलाई नेपालकै पहिलो भर्चुअल बिक्री शुभारम्भ समारोह मार्फत् देशका सडकहरुमा स्वागतको लागि तयार गरिएको छ । उक्त समारोह यामाहा नेपालको औपचारिक युट्युब च्यानलबाट आज साँझ ७ बजे प्रिमियर गरिेनेछ ।
२०२० को यामाहा रे जेड आर १२५ एफआई बीएस ६ बाहिर जाने मोडेलको तुलनामा कस्मेटिक अपग्रेडहरू छन । सुविधाहरूको सन्दर्भमा (Y) आकारको लेड पोजिस्निगं लाईट, नयाँ डिजिटल इन्सट्रुमेन्ट क्लस्टर्, स्टप र स्टर्ट सिस्टम, स्मार्ट मोटर जेनेरेटर आवाज रहित सुरुवातको लागि, साईड स्टान्ड कटअफ स्विच र युनिफाइड ब्रेकिङ्ग सिस्टम छन् । साथै, यो स्कूटर फसिनो १२५ एफआई बीएस ६ जस्तै हल्का छ ।
समारोहमा सम्पूर्ण नयाँ यामाहा रे जेड आर १२५ एफआइको अनावरण गरिनेछ, जहाँ दर्शकहरुले यो नयाँ उत्पादनको बनावट र विशेषताहरुको अनुभव गर्न पाउनुका साथसाथै बिक्री शुभारम्भ समारोहको थ्री डि अनुभवको माध्यमबाट नयाँ यामाहाको मुख्य मुख्य भागहरुमा गहन दृष्टि पुर्याउन सक्नु हुनेछ ।
यसका साथै यामाहा नेपालले सोही समारोहको दौरान सम्पूर्ण नयाँ रे जेडआर १२५ एफआइका भाग्यशाली विजेताको नाम पनि घोषणा गर्नेछ । जस अनुसार यही विशेष थ्री डि बिक्री शुभारम्भ समारोहको लागि यामाहा नेपालको वेबसाइटमार्फत् आफ्नो नाम दर्ता गराउनेहरु मध्येबाट एकजनालाई भाग्यशाली विजेता चयन गरिनेछ ।
सम्पूर्ण नयाँ यामाहा रे जेडआर १२५ को यो खास बिक्री शुभारम्भ समारोहलाई यामाहा नेपालको औपचारिक युट्युब च्यानल “यामाहा नेपाल”मा आज साँझ ७ बजे प्रत्यक्ष प्रसारण गरिनेछ ।