हिमाल चढ्न बहराइनका राजकुमारको टोली आयो |

काठमाडौं । मध्यपूर्वको मुलुक बहराइनका राजपरिवारका सदस्यसहित १८ जनाको टोली हिमाल चढ्ने उद्देश्यले विशेष विमान ल्याएर काठमाडौं आएको छ ।
उनीहरू चढेको विमान बुधबार बिहान सवा ११ बजेतिर त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ ।
टोलीमा बहराइनको डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनी तथा ३ जना बेलायती नागरिक रहेका छन् ।
उक्त टोलीलाई आरोहणका लागि नेपाल आउन दिने प्रस्ताव सम्बन्धमा भदौ १४ गते नेपाल सरकारले निर्णय गरेको थियो ।
बहराइनका राजकुमारको टोली हिमाल आरोहण गर्ने लकडाउनपछिको पहिलो हिमाल आरोहण दल हुनेछ ।