वल्डलिङ्कले अबको ३ बर्षमा सर्वसाधारणलाई सेयर जारी गर्ने |
काठमाडौं । ईन्टरनेट सेवाप्रदायक वल्र्डलिंकले पनि अबको ३ बर्षमा सर्वसाधारणलाई सेयर जारी गर्ने बताएको छ । मंगलबार कम्पनीको २५ औं बार्षिकोत्सवको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिलिप अग्रवालले बताएका हुन् ।
उनका अनुसार अबको ३ बर्षमा पब्लिकमा जानेगरी सबै तयारी पुरा भएको छ । सोहीअनुसार ३ बर्षमा बजारको अवस्था हेरेर आईपीओ जारी गर्ने तयारी गरिएका उनले जानकारी दिए ।
यस्तै उनले आगामी दिनमा वैदेशिक लगानी पनि नलिने बताएका छन् । उनका अनुसार नेपालका बैंकहरुमार्फत नै ऋण लिने तर वैदेशिक लगानी नलिने योजना रहेको छ ।