यसरी जोड्न सकिन्छ, आफ्नो एन्ड्रोइड फोन कम्प्युटरसँग |
माइक्रोसफ्टको विन्डोज टेन कम्प्युटर अपरेटिङ सिस्टममा एउटा फिचर्स छ । जसले तपाइको एन्ड्रोइड फोनलाई कम्प्युटरसँग जोड्न दिन्छ ।
अर्थात् मोबाइल कतै छुटेको बेला पनि कम्प्युटरबाटै मोबाइलमा आउने म्यासेज तथा अन्य कुराको नोटिफिकेसनमा अपडेट हुनसकिन्छ ।
यसका लागि प्रयोगकर्ताले आफ्नो मोबाइलमा योर्स फोन भन्ने माइक्रोसफ्टको एप्लिकेशन डाउनलोड गर्नुपर्छ । उक्त एप सपोर्ट गर्ने एन्ड्रोइड फोन कम्प्युटरसँग जोड्नसकिन्छ ।
यसरी फोनलाई जोडेपछि मोबाइलमा आउने म्यासेज हेर्न, रिप्लाइ गर्न सकिन्छ । फोन गर्न तथा उठाउन, मोबाइल एपमा भएका फोटो तथा फाइल सार्न पनि सकिन्छ । अर्थात् कम्प्युटरबाट मोबाइलको नियन्त्रण सम्भव हुन्छ ।
यसका लागि के गर्ने ?
आफ्नो कम्प्युटर तथा ल्यापटपको सर्च बक्समा योर फोन सर्च गर्ने र त्यसमा क्लिक गर्ने ।
त्यसपछि फोन एप छनौट गर्ने र माइक्रोसफ्ट अकाउन्ट साइनइन गर्ने ।
त्यस्तै मोबाइमा योर फोन क्याम्पियन एप डाउनलोड गर्ने। उक्त एप खुलेपछि माइक्रोसफ्ट अकाउन्ट साइनइन गर्ने ।
दुबैतिर एप खुलेपछि मोबाइलमा विभिन्न अनुमतिका लागि नोटिफिकेसनहरु आउछन् । त्यसलाई अनुमति दिंदै गएपछि सेट हुन्छ ।