सीडिएससीले बुधवार मोबाइल एप लन्च गर्दै |
काठमाडौं । केन्द्रीय निक्षेप प्रणाली (सीडिएससी)ले बुधवार मोबाइल एप लन्च गर्ने भएको छ। बुधवार पहिलो पटक सर्वसाधारणमा परीक्षणको लागि खुला गर्न लागिएको सिडिएससिका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले बताए ।
“बुधवार हामी सर्वसाधारणमा परीक्षणको लागि खुला गर्दैछौँ,“ आचार्यले भने । केही दिनको परीक्षण पछि नियमित रुपमा एपबाट सेवा प्रवाह हुने बताइएको छ । लगानीकर्ताको सहजताका लागि एप्स बुधवारदेखि सर्वसाधारण प्रयोगमा ल्याउन लागिएको हो ।
पछिल्लो समय विकास गरिएको नयाँ एपमा मेरो शेयर र सीडिएससिको वेबसाइटमा भएको सबै फिचर समावेश हुनेछ । एपबाटै सर्वसाधारणले प्राथमिक शेयरमा समेत आवेदन गर्न सक्नेछन् भने इडिआइएस समेत त्यहीबाट पठाउन सकिने सीडिएससिले जनाएको छ ।
उक्त फिचर समावेश भएपछि सर्वसाधारणलाई मोबाइलबाटै सबै कुरा चलाउन सजिलो हुनेछ । पछिल्लो समय शेयर आवेदनमा देखिएको समस्या समेत करिब करिब समाधान हुने बताइएको छ । विकसित मोबाइल एप सर्वसाधारणले एन्ड्रोइड र एप्पल दुवै मोबाइलमा चलाउन सक्नेछन् । सर्वसाधारणले आफूलाई उपयुक्त हुने एप स्टोरबाट डाउनलोड गर्न सकिने सीडिएससिको भनाइ छ ।