युनिक नेपाल लघुवित्तको निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल |
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले निष्काशन गर्न लागेको साधारण सेयरका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । संस्थाको प्रति शेयर रु १०० अंकित दरको २ लाख ७० हजार कित्ता साधारण सेयर निष्कासन हुँदैछ ।
सेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा युनिक नेपाल लघुवित्त वित्तीय संस्थातर्फबाट कार्यकारी निर्देशक डा. गोपाल दहित र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको अधिकृत पूँजी रु. १० करोड, जारी पूँजी रु.९ करोड, र चुक्ता पूँजी रु.६ करोड ३० लाख रहेको छ भने सर्वसाधारणहरुलाई सेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी रु.९ करोड हुनेछ ।