प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा विशाल अग्रवाल |

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा विशाल अग्रवाल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको २०८ औं बैठकले अग्रवाललाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई आगामी चार वर्षको लागि संञ्चालक समितिको अध्यक्षमा नियुक्ति गरेको कम्पनीले जनाएको छ ।
भदौ २६ गते सम्पन्न कम्पनीको १८ औं वार्षिक साधारण सभाले संस्थापक समूहको तर्फबाट विशाल अग्रवाल सहित चार जनालाई निर्वाचित गरेको हाे । सभाले विशाल अग्रवाल, अमित अग्रवाल, अर्पित अग्रवाल र विवेक विजुक्छेलाई सञ्चालक पदमा निर्वाचित गरेको छ ।