भिजाले शुरु गर्यो ‘भुक्तानी सुरक्षा रोडम्याप’, डिजिटल भुक्तानी इकोसिस्टमलाई सुदृढीकरण गर्ने लक्ष्य |
काठमाडौं । विश्वव्यापी भुक्तानी प्रविधी कम्पनी भिजाले २०२१ र त्यसपछिका लागि नयाँ रोडम्याप सुरूवात गरेको जनाएको छ । भिजा सुरक्षा रोडम्याप (‘द रोडम्याप’) सुरूवात गर्दै एसिया प्यासिफिकका जोखिम प्रमुख जो कनिङ्गहमले भने, ‘विश्वव्यापी महामारीले गर्दा अधिक उपभोक्ताहरू र व्यवसायहरूलाई डिजिटल व्यवसाय अपनाउन प्रेरित गरेको छ । जब व्यक्ति पहिलो पटक डिजिटल भुक्तानी गर्न प्रयास गर्छन्, चाहे यो अनलाइन खरीदहरूको लागि भुक्तानी गरिरहेको होस वा पसलमा नगइकन कार्डले भुक्तानी गर्दैछ, भुक्तानी सजिलो छिटो र सुरक्षित भन्ने अनुभव महत्त्वपूर्ण छ । भुक्तानी सुरक्षा भिजाको सर्वोच्च प्राथमिकता हो र सम्बन्धित संस्थाका लागि साझा लक्ष्यहरूको निर्धारण हुनु डिजिटल भुक्तानीमा दीर्घकालीन विश्वास निर्माण गर्न मद्दतको लागि महत्त्वपूर्ण छ ।’
नेपालको लागि पनि भिजाको भविष्यको सुरक्षा रोडम्यापले स्थानीय सम्बन्धित संस्थाकालाई विश्वव्यापी मापदण्डहरू र उत्तम अभ्यासहरू पूरा गर्न मद्दत गर्ने कम्पनीले विश्वास लिएको छ ।
विश्वव्यापी रूपमा, भिजाले सफलतापूर्वक आर्टिफिशियल इंटेलिजेंस (एआई) प्रयोग गरेर वार्षिक २५ अर्ब अमेरिकी डलरको ठगी रोकेको बताएको छ । जसले विश्वव्यापी भुक्तानी इकोसिस्टमलाई खुद्राविक्रेता र उपभोक्ताहरूको लागि सुरक्षित बनाएको उसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भिजाका भारत र दक्षिण एशियाका ग्रुप कन्ट्री म्यानेजर टी आर रामाचंद्रनले भने, ‘उपभोक्ता तथा भुक्तानी डेटाको सुरक्षा सधैं भिजाका लागि सर्वोच्च प्राथमिकता रहेको छ । यो विश्वासका साथ जब नयाँ उपभोक्ता र व्यवसाय डिजिटल भुक्तानी तर्फ उन्मुख हुने बेलामा भुक्तानी नेटवर्क, उपभोक्ताहरू, बैंकहरू र सरकार बीच एक साझा जिम्मेवारी हुन्छ ।’
सुरक्षा रोडम्यापका विशेषताहरुः
● डाटाको अवमूल्यन इको सिस्टमबाट संवेदनशील भुक्तानी डाटा हटाएर वा चोरीएका खाताका विवरणहरू हटाउने
● डाटाको सुरक्षा डाटाको साथसाथै खाता विवरणहरू सेफगार्ड्स लागू गरी व्यक्तिगत तथा खाता विवरण सुरक्षित गर्ने
● डाटा कन्ट्रोल राम्रो लेनदेनको मंजूरीमा विश्वास वृद्वि गर्न सम्भावित ठगी हुनुभन्दा पहिले ठगी पहिचान गर्ने
● सशक्तिकरण बनाउदै खातावालाहरू र व्यापारीहरू सहित सबैलाई, भुक्तान सुरक्षित गर्नमा सक्रिय भूमिका खेल्न सक्षम बनाउने