एन्ड्रोइड–११ सार्वजनिक, यस्ता छन् नयाँ फिचर्स |
गुगलले एन्ड्रोइड–११ सार्वजनिक गरेको छ । मोबाइल अपरेटिङ प्रणाली एन्ड्रोइडको यो नयाँ भर्सन गुगलका पिक्सल स्मार्टफोनमा तत्काल उपलब्ध हुने छ ।
सुरक्षा तथा सञ्चालनका लागि थप नयाँ फिचर्ससहित सार्वजनिक गरिएको यो सिस्टम पिक्सेल फोनमा यसअघि नै प्रयोग गरिएको थियो ।
यो सिस्टम सार्वजनिक भएपनि सबै कम्पनीका सबै मोडलका स्मार्टफोनमा अपडेट प्राप्त हुने छैन । पिक्सेलफोनका सबै मोडलमा उपलब्ध हुने यो अपडेट वनप्लस,ओपो,रियलमी र शाओमीका केही स्मार्टफोनमा मात्र उपलब्ध हुने छ ।
यी कम्पनीहरुले आफ्ना सिमित मोडलका स्मार्टफोनमा मात्र सुरुमा अपडेट दिने छन् । सामसङ लगायतका कम्पनीका फोनमा भने यो अपडेट केही समयपछिमात्र उपलब्ध हुने छ ।
एन्ड्रोइड ११ मा कोर अपरेटिङ सिस्टम परिवर्तन नभएकाले अहिले भएका सबैजसो एपहरुले काम गर्ने छन्। यसका लागि एप्लीकेशनले काम नगर्ने समस्या हुने छैन ।
यसमा थपिएको एउटा मुख्य फिचर्स हो कन्भरसेसन मोड । यसले नोटिफिकेशन प्यानल व्यवस्थापनका लागि काम गर्ने छ ।
त्यस्तै यसमा बबल च्याटहेडकव सुविधा थपिने छ । फेसबुकको म्यासेन्जर जस्तै हुने यो फिचर्समा सबैजसो च्याट एपले सपोर्ट गर्ने र सबै म्यासेज एउटै बबलबाट हेर्न तथा विस्तार गरी चलाउन मिल्ने छ ।
त्यस्तै यसमा मिडिया कन्ट्रोल फिचर्स थपिएको छ । जसबाट नोटिफिकेशन बारबाटै म्युजि सुरु, बन्द र फेरबदल गर्नसकिने छ ।
स्मार्ट डिभाइससँगको कनेक्सनका लागि डेडिकेटेड प्यानल नै सिर्जना गर्नमिल्ने यसमा छिटो अपडेट दिने गुगलले घोषणा गरेको छ । पिक्सेल फोनका लागिमात्र दिइएको अर्को फिचर्स हो लाइभ भ्यु। म्याप सेयरिङले लाइभ भ्युको सुविधा पनि दिने छ ।