नेको इन्सुरेन्सको निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न |

काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडले ग्राहकहरुलाई बीमा सेवा प्रदान गर्न अभिकर्तामा नियुक्त गर्ने उद्देश्यले ३ दिने निर्जीवन बीमा अभिकर्ता आधारभूत तालिम कार्यक्रम सम्पन्न गरेको छ । माघ २३ देखि २५ गतेसम्म सो तालिम सञ्चालन गरिएको हो ।
बर्तमान कोभिड–१९ संक्रमणको जोखिमको कारण भर्चुअल विधिबाट तालिम सम्पन्न गरिएको हो । भर्चुअल माध्यमबाट संचालन गरिएको तालिममा पनि सहभागीहरुको निकै उत्साह र उत्सुकता पूर्वक सहभागीता रहेको थियो । तालिममा ५० जनाको सहभागीता रहेको कम्पनीले जनाएको छ ।
देशको निर्जीवन बीमा बजारमा विगत २५ बर्षदेखि सेवा पु¥याउदै आएको नेकोले विगत ५ बर्षदेखि नयाँ ब्यवस्थापनका साथ ग्राहकहरुलाई छिटो छरितो बीमा सेवा प्रदान गर्दै आएको छ।