लाइसेन्सको नवीकरण आइतबारदेखि खुल्दै, नयाँ परीक्षा भने तत्काल नहुने (सूचनासहित) |

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नवीकरण खुल्ने भएको छ । प्रदेश सरकार अन्तर्गतको यातायात व्यवस्था कार्यालयले आइतबारदेखि उपत्यकामा लाइसेन्सको नवीकरणसम्बन्धी सेवा सुचारु गर्ने जनाएको हो । ४ हप्तापछि नविकरण खुल्न लागेको हो ।
कार्यालयले बिहीबार एक सूचना जारी गर्दै आइतबारदेखि नवीकरणसम्बन्धी सेवा सूचारु गर्ने जनाएको छ । तर, नयाँ लाइसेन्सका लागि परीक्षाको लागि भने अहिलेसम्म कुनै निर्णय गरिएको छैन । अरु सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द नै रहने कार्यालयले जनाएको छ ।
कोरोनाभाइरसको संक्रमण तीव्र रुपमा बढ्न थालेपछि भदौ १ गतेदेखि यस्तो सेवा बन्द गरिएको थियो । तर, नयाँ लाइसेन्ससम्बन्धी सेवा भने अघिल्लोपटकको लकडाउनअघिदेखि नै बन्द छ । दशैं तिहारअघि यो खुल्ने सम्भावना नरहेको कार्यालयले जनाएको छ ।
लकडाउन अन्त्यपछि अरु व्यवसाय सञ्चालनमा रहे पनि बढी सवारी प्रशिक्षण केन्द्रलाई सञ्चालन हुने अनुमति अझै दिइएको छैन । भीडभाडकै कारण यस्तो परीक्षा सञ्चालन समेत गरिएको छैन ।
