काठमाडौं उपत्यकामा ३२६ संक्रमित थपिए |

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार ३२६ जनामा कोरोनाभाइरस संक्तमण पुष्टि भएको छ। बुधबारको नियमित प्रेस ब्रिफिङपछि जारी गरिएको विज्ञप्तिमा स्वास्थ्य मन्त्रालयले उपत्यकामा ३२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
जसमा काठमाडौंमा २९१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ललितपुरमा २० र भक्तपुरमा १३ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै बितेको २४ घण्टामा देशभर ९७९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४७,२३६ पुगेको छ ।
यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ जना रहेको छ । यस्तै कोरोनाबाट बितेको २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ३०० पुगेको छ ।