स्वाथ्यमन्त्रीको परिवारमै देखियो कोरोना, मन्त्री क्वारेन्टिनमा |

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई कोरोना संक्रमण भएको छ ।
तीन दिनअघि परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल हाल निवासमै क्वारेन्टिनमा बसेका छन् । उनले आफू क्वारेन्टिनमा बसेको बताएका छन् ।
आफु लाई संक्रमण नभएको र परिवारको सदस्यलाई संक्रमण भएपछि आफु क्वारेन्टिनमा बसेको मन्त्री ढकालले बताए । क्वारेन्टिनबाट नै मन्त्रालयको काम हेरिरहेको उनले बताए ।