पेट्रोलको मूल्य दुई रुपैयाँले बढ्यो |

काठमाडौं । सरकारले पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी लिटरमा दुई रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ ।
तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन । १ सेप्टेम्बरमा आएको मूल्यसूचीअनुसार पेट्रोलको मूलय बढाइएको निगम प्रवक्ता विनितमणि उपाध्यायले बताए ।
यसअघि साउन ३२मा डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक∕एक रुपैयाँ मूल्य वृद्धि गरिएको थियो ।
गत चैतमा भएको लडकाउनमा लिटरमा १३ रूपैयाँसम्म नाफा हुँदा पनि निगमले मूल्य घटाएको थिएन । त्यतिबेला मूल्य घटाएपनि प्रयोगकर्ताले लाभ नपाउने तर्क गरिएको थियो ।
तर, अहिले भने निषेधाज्ञा भारतबाट मूल्य बढेर आएको दिनमै मूल्य बढाउने निर्णय भएको छ ।
