समाज लघुवित्तको आईपीओ बाँडफाँड, आठ हजार ७० जनाले १० कित्ता शेयर |
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा भएको बाँडफाँडमा आठ हजार ७० जनाले १० कित्ताको दरले शेयर पाएका छन् ।
लघुवित्तको आइपीओमा ५ लाख ४७ हजार ३७० जना आवेदकबाट १ करोड १४ लाख ६४ हजार ९२० कित्ता योग्य आवेदन परेको थियो । जसमध्ये ५ लाख ३९ हजार ३०० जना आवेदकको हात खाली भएको छ ।
आईपीओमा ५ सय जनामार्फत परेको ९ हजार ७६० कित्ता शेयरको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।
लघुवित्तले भदौ ४ गतेदेखि प्रतिकित्ता १०० अङ्कित मूल्यका ८६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो । यसमध्ये लघुवित्तले १ हजार कित्ता अर्थात् जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरूका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात् ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएको थियो । बाँकी ८० हजार ७०० कित्ताका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो ।