कहिले होला समाज लघुवित्तको आइपीओ बाँडफाँट ? |
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको आइपीओ सोमबारभित्र बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार छिटोमा आइतबार त्यो सम्भव नभए सोमबार हुनेछ । धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति आउन बाँकी रहेको क्यापिटलको भनाई छ । समाजको आइपीओमा कुल १ अर्ब १९ करोड ६२ लाख ७० हजार रुपैयाँ बरारको आवेदन परेको छ । जसमा ५ लाख ६३ हजार ९९८ जनाले १ करोड १९ लाख ६२ हजार ७०० कित्ताका लागि आवेदन दिएका छन् ।
यो सर्वसाधारको लागि बिक्री खुला गरिएको ८० हजार ७०० कित्तालाई आधार मान्दा १४८.२३ गुणा बढी आवेदन हो । यसर्थ, समाजको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । समाजले भदौ ४ गतेबाट ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो ।
यसमध्ये १ हजार कित्ता अर्थात जारी पुँजीको ५५ कर्मचारीहरुका लागि र कुल निष्कासनको ५५ अर्थात ४ हजार ३ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । सर्वसाधारणले बाँकी रहेको ८० हजार ७ सय कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था थियो । २०६८ साल फागुन २५ गतेदेखि सञ्चालनमा आएको समाज लघुवित्तको केन्द्रीय कार्यालय सिराहामा छ ।