पशुपति शर्मा, शान्तिश्री परियार र आयुषा गौतमको दसैं गीत ‘ताराबाजी लै छोरी’ सार्वजनिक |
काठमाडौं । नजिकिएको चाड दसैंसँगै बजारमा दसैं गीतहरू सार्वजनिक हुने क्रम शुरू भएको छ ।
यस्तैमा लोक गायक पशुपति शर्मा, शान्तिश्री परियार र बालगायक आयुषा गौतमको स्वरमा ‘ताराबाजी लै छोरी’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा एक मध्यवर्गीय परिवारका सदस्य (बुवा, आमा र छोराछोरी) बीच हुने पारिवारिक कुराकानीलाई विषय बनाएको छ ।
’ताराबाजी लै छोरी’मा दुर्गा पौडेलले शब्द तथा संगीत दिएका छन् । उनकै निर्देशन र कन्सेप्टमा यो म्युजिक भिडिओ तयार भएको हो । यसमा राजेश घिमिरेको सिनेमाटोग्राफी छ ।
भिडिओमा पशुपति शर्मा, आयुषा गौतम र रञ्जिता गुरूङको अभिनय तथा प्रस्तुति देख्न सकिन्छ । गीत बुधबार युट्युब च्यानल ‘गुड लक नेपाल’ मार्फत सार्वजनिक भएको हो ।