क्लासिक टेकले ल्यायो इन्टरनेट सेवाको रिचार्जमा बोनस अफर |
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले रिचार्जमा बोनस अफर ल्याएको छ । कम्पनीले ६ महिना र १ वर्षको वार्षिक शूल्क रकम पुनःभुक्तानी गरेमा छुट दिनेगरी रिचार्जमा बोनस अफर ल्याएको हो ।
अन्य इन्टरनेट सेवा प्रदायकहरुको तुलनामा सस्तो रिचार्ज रेट तोकेको कम्पनीले बताएको छ ।
यो योजनाअन्तर्गत ६ महिनाको शूल्क रिचार्ज गर्दा १ महिना थप इन्टरनेट सेवा निःशूल्क दिइने भएको छ । सेवाग्राहीले १ वर्षको ग्राहक शूल्क रिचार्ज गरेकोमा २ महिनाको थप सेवा बोनसमा पाउने कम्पनीको भनाइ छ ।
कम्पनीले वार्षिक ग्राहक योजनाअन्तरगत २० एमबिपिएसको लागि १२ हजार रुपैयाँ, २५ एमबिपिएसको लागि १३ हजार २०० रुपैयाँ, ३० एमबिपिएसको लागि १३ हजार २०० रुपैयाँ, ३५ एमबिपिएसको लागि १४ हजार १४८ रुपैयाँ, ४० एमबिपिएसको लागि १४ हजार ४०० रुपैयाँ, ५० एमबिपिएसको लागि १५ हजार रुपैयाँ, ६० एमबिपिएसको लागि १६ हजार ८०० रुपैयाँ र ७० एमबिपिएसको लागि १८ हजार रुपैयाँ सेवा शुल्क तोकेको छ ।
यी मध्ये कुनैपनि सेवा १२ महिनासम्म लिएमा २ महिनाको छुट ग्राहकहरुले पाउने कम्पनीले जानकारी दिएको छ । अफर अन्तर्गत क्लासिकको इन्टरनेटसहित क्लासिक प्रभु टिभी समेत २ महिना अफरमा पाउन सकिने छ ।