अब आफ्नो सेवा सम्बन्धि सम्पूर्ण जानकारी सुबिसुको सेल्फ केयर पोर्टलबाट |
काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी, सुबिसु केबलनेटले आफ्ना ग्राहकवर्गका लागि सुबिसु सेल्फ केयर पोर्टल सञ्चालनमा ल्याएको छ ।
सुबिसु सेल्फ केयर पोर्टलको प्रयोगबाट ग्राहकहरुले आफुले खरिद गरेको सेवाको बारेमा विविध जानकारी लिन सक्नेछन् । अनलाइन भुक्तानीबाट सेवा नविकरण गर्न पनि सक्नेछन् भने आफ्नो हालको सेवालाई आफुले चाहे अनुरुप विभिन्न सेवा प्लानमा अपग्रेड गर्न सक्नेछन् ।
ग्राहकको सहजता एवमं सेवाको पारदर्शीताका लागि सेल्फ केयर पोर्टल सञ्चालन गरिएको विश्वास लिइएको छ ।