मोबाइल एप लन्च गर्दै सीडिएससी, लगानीकर्ताले थप सुविधा पाउने |
काठमाडौं । केन्द्रीय निक्षेप प्रणाली (सीडिएससी) ले मोबाइल एप प्रयोगमा ल्याउने भएको छ । लगानीकर्ताको सहजताका लागि एप्स प्रयोगमा ल्याउन लागिएको सीडिएससीले जनाएको छ ।
उसले विकास गरेको एपको परीक्षण लगभग सकिसकेको छ । अन्तिम तयारी गर्दै उसले यही महिना एप सर्वसाधारणको लागि खुला गर्ने जनाएको छ ।
पछिल्लो समय विकास गरिएको नयाँ एपमा मेरो शेयर र सीडिएससीको वेबसाइटमा भएको सबै फिचर समावेश हुनेछ । उक्त फिचर समावेश भएपछि सर्वसाधारणलाई मोबाइलबाटै सबै कुरा चलाउन सजिलो हुने सीडिएससीको भनाइ छ ।
विकसित मोबाइल एप सर्वसाधारणले एन्ड्रोइड र एप्पल दुवै मोबाइलमा चलाउन सक्नेछन् । सर्वसाधारणले आफूलाई उपयुक्त हुने एप स्टोरबाट डाउनलोड गर्न सकिने सीडिएससीको भनाइ छ ।