थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यू, मृत्यु हुनेको संख्या १ सय ७५ पुग्यो |

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड—१९) बाट थप ११ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार २ महिला र ९ जना पुरुष गरी ११ जनाको मृत्यु भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. गौतमले मोरङमा ४६ र भक्तपुरमा ५३ वर्षीया महिलाको मृत्यु भएको बताए । यस्तै कैलालीमा ४५ र ५० वर्षीय पुरुष, मोहत्तरीमा ६०, ७२ र ७५ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै बाँकेमा ३७ वर्षीय पुरुष, काठमाडौंमा काठमाडौं ५१ वर्षीय पुरुष र बारामा ४१ र ४६ वर्षीय पुरुषको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७५ पुगेको छ ।