कोरोनाका कारण बन्द रहेका उद्योगहरुको बीमा दरमा छुट दिन बीमा समितिको निर्देशन |
काठमाडौं । बीमा समितिले कोभिड १९ का कारण बन्द अवस्थामा रहेका उद्योग प्रतिष्ठानको जोखिम समूहको बीमादरमा छुट दिन निर्देशन दिएको छ । सोमबार समितिले सबै निर्जिवन बीमा कम्पनीहरुलाई उक्त निर्देशन दिएको हो ।
समितिले हाल कायम रहेको प्रतिहजार ३ रुपैयाँलाई परिमार्जन गर्दै हाल कायम बीमाको एक तिहाई गर्ने निर्देशन दिएको हो ।
सम्पत्ति बीमा निर्देशिकाको अनुसूचि ११ को १६९ बुँदामा बन्द अवस्थामा रहेको उद्योग तथा कारखानालाई छुट सुविधा दिन निर्देशन दिएको हो ।
आर्थिक वर्ष २०७७∕७८ को सरकारको बजेट अनुसार कोभिडका कारण बन्द भएका उद्योगहरुको बन्द रहेको अवधिको जोखिमको लागि एक तिहाई तथा जोखिम समुहको बीमा दरमा ५० प्रतिशत छुट गर्ने बजेटमा व्यवस्था भए अनुसारको छुट व्यवस्था गर्न निर्देशन दिइएको समितिले जनाएको छ ।