क्लासिक टेकले सुरू गर्योग ‘आइपिभी सिक्स’को प्रयोग |
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले आइपिभी सिक्सको प्रयोग सुरू गरेको छ ।
आफ्ना ८० प्रतिशतभन्दा धेरै इन्टरनेट ट्राफिकलाई आइपिभी ६ मा आधारित रहेका डिभाइसहरूमार्फत् उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
इन्टरनेट सेवालाई भरपर्दो, सुरक्षित र फास्ट बनाउने गरी सबै सेवाग्राहीहरूलाई आइपिभी सिक्समा लानेगरी काम गरिरहेको कम्पनीले जनाएको छ ।
अहिलेको अवस्थामा लगभग सबै इलेक्ट्रोनिक उपकरणहरू इन्टरनेटमा जडान गर्न सकिन्छ र तिनीहरूले आइपी एड्रेस प्रयोग गरिरहेका छन्, जुन आइपिभी ४ इन्टरनेट प्रोटोकल संस्करण ठेगाना हो, जसले ३२ बिट इन्टरनेट ठेगाना प्रयोग गर्दछ ।
यसले २^३२ आइपी ठेगानाहरूका लागि कूल ४.२ अर्ब आइपी एड्रेस भएका डिभाइसहरू मात्र समर्थन प्रदान गर्दछ। यो धेरै जस्तो देखिन्छ, तर सबै ४.२ अर्ब आइपी ठेगानाहरू तोकिइसकेका छन् अझ बुझ्ने भाषामा भन्दा सबै आइपिभी ४ ठेगाना सकिइसकेका छन् ।
अबको डिभाइसहरू आइपिभी ६ मा आधारित
हरेक ग्राहकलाई फाइदाको लागि इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले आइपिभी ६ प्रयोग गरिरहेको छ ।
‘हामीले हाम्रो कूल ग्राहकहरूको ८० प्रतिशत ग्राहकहरूको लागि आइपिभी ६ प्रयोग गरिसकेका छौं र बाँकी प्रक्रियामा छन् । ग्राहक संख्याको प्रतिशतको आधारमा हेर्दा अन्य इन्टरनेट सेवा प्रदायकहरूको तुलनामा हामी सबभन्दा धेरै आइपिभी ६ प्रयोग गर्ने कम्पनीमा अगाडि हौं । नयाँ प्रविधिको सपोर्टको रूपमा आएको आइपिभी ६ ले सेवाग्राहीहरूलाई पनि उत्तिकै सहजता हुनेछ,’ कम्पनीले भनेको छ ।