कोरोनाबाट थप ९ जनाको मृत्यू, मृतकको संख्या १४६ पुग्यो |

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट देशभर थप ९ जनाको मृत्यू भएको छ । यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।
सुनसरीका २ जना, पर्साका ३ जना, बाराका १ जना, सिरहाका १ जना र मकवानपुरका १ र भक्तपुरका १ जना गरी ९ जनाको मृत्यु भएको हो । योसँगै मृतकको संख्या १४६ पुगेको हो ।