एनआरएन लघुवित्तले एफपीओ आउने |
काठमाडौं । एनआरएन लघुवित्तले थप साधराण शेयर निष्काशन (एफपिओ) जारी गर्ने प्रस्ताव गरेर विशेष साधारणसभा आह्वान गरेको छ । लघुवित्तले भदौ २० गते धनगढीमा विशेष साधारण सभा आह्वान गरेको हो ।
चार लघुवित्त संस्थाहरुलाई गाभेर आफुमा गाभेको एनआरएनले सर्वसाधारणमा एफजीओ जारी गर्ने भएको छ । साधारणसभाले उक्त प्रस्ताव पारित गरेपछि लघुवित्तले एफपीओ बिक्रीमा ल्याउने छ ।
एनआरएन लघुवित्त वित्तीय संस्थाले क्रिएटिभ र रामारोशन लघुवित्तलाई गाभेको थियो भने किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्तलाई समेत गाभेर एकिकृत कारोबार शुरु गरीसकेको छ । यसअघि लघुवित्तले आफुमा गाभेको थियो ।
विशेष साधारण सभाले संस्थाको नाम र ठेगाना परिवर्तन गर्ने तथा कर्पोरेट कार्यालय काठमाडौंमा स्थापना गर्ने प्रस्ताव लैजादै छ ।
त्यसैगरी सभामा संस्थापक तर्फको ४ जना र सर्वसाधारण समुहको २ जना गरी जना संचालकको निर्वाचन गर्ने प्रस्ताव समेत लैजादै छ ।
हाल लघुवित्तको चुक्ता पूँजी ५२ करोड रुपैयाँ छ ।