भदौ १६ बाट सर्तसहित अन्तर्राष्ट्रिय हवाई उडान सुचारु गर्ने सरकारको निर्णय |
काठमाडौं । सरकारले भदौं १६ देखि सर्तसहित अन्तराष्ट्रिय उडान गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रीपरिषको बैठकले पिसिआर परिक्षण रिर्पोट नेगेटिभ आएका विदेशमा रहेका नेपालीका लागि उडान अनुमति दिने निर्णय गरेको हो ।
यस्तै पिसिआर टेष्ट नभएको मुलुकबाट भने यात्री ल्याउन नपाउने प्रावधान राखेको छ । पिसिआर टेष्ट नेगेटिभ आएको ७२ घण्टा अवधीका यात्रु मात्र विमानबाट आउन पाउने छन् ।
कुटनीतिक नियोगको संयोजनमा चार्टर विमानबाट विदेशमा रहेका नेपाली स्वदेश फर्कन सक्ने र नेपाल आएपछि ७ दिन होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ । नेपालमा स्वास्थ्य परिक्षणपछि १४ दिन घरमा छुट्टै बस्नुपर्नेछ । संस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्रालयबाट गरिने उद्धार उडानमा दैनिक ५ सय भन्दा बढी यात्रु ल्याउन नपाइने निर्णय भएको छ । नियमित उडानमा कुटनीतिक नियोगका अधिकारी र अत्यावश्यक काम परेका नेपाली नियमित उडानमा आउन सक्नेछन् ।
पिसिआर टेष्ट सहज नभएका देशहरु साउदी अरब, कुवेत, कतारबाट भने नियमित उडान नहुने भएको छ । कुन देशबाट कसरी र कति यात्री आउने त्यसबारे पर्यटन मन्त्रालयले तालिका प्रकाशन गर्ने भएको छ ।