अनलाईनबाट सेवा दिन मर्चेन्ट बैंकरलाई धितोपत्र बोर्डको निर्देशन |
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकरहरुलाई अनलाईन माध्यमबाट सेवा दिन निर्देशन दिएको छ । बोर्डले सरकारको निर्णय अनुसार मर्चेन्ट बैंकरको रुपमा काम गर्दै आएका सबैलाई अनलाईनबाट सेवा दिन निर्देशन दिएको हो ।
बोर्डले हाल ग्राहकहरुलाई प्रदान गर्दै आएको सेवाहरु संभव भएसम्म अनलाइन,भर्चुअल तथा विद्युतिय माध्यमबाट मात्र प्रदान गर्न व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
भौतिक रुपमा नै उपस्थित भई अत्यावश्यक सेवा लिनुपर्ने अवस्थामा ग्राहकहरुले सम्बन्धित कम्पनीको फोन नम्वर,इमेल वेवसाइट वा अन्य विद्युतीय माध्यमबाट सम्पर्क गर्न अनुरोध गरेको छ ।
सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको भन्दै सरकारी तथा गैर सरकारी निकाय, बैंक, बीमा, सहकारी, लघुवित्त एंव वित्तीय संस्था लगायतका जनतासंग प्रत्यक्ष सम्पर्कमा रहि सेवा प्रदान गर्ने कार्यालय, निकाय तथा संघ संस्थाहरुले विद्युतिय माध्यमबाट समेत सेवा प्रवहा गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।