एचएमडी ग्लोबलले रणनीति साझेदारबाट जुटायो २३ करोड डलर |
फिनिश दूरसञ्चार उपकरण निर्माता कम्पनी एचएमडी ग्लोबलले केही बहुराष्ट्रिय रणनीतिक साझेदारहरुबाट २३ करोड डलर जुटाएको छ । अहिले चलिरहेको फन्डिंग राउन्डको पहिलो चरण बन्द हुँदा कम्पनीले सो रकम संलकन गरेको हो ।
मूल्यका आधारमा आफूलाई प्रमुख फिचर फोन निर्माताको रुपमा स्थापित गर्नुको साथै एन्ड्रोइड फोनमा आफूलाई नितान्त फरक बनाउनसमेत एचएमडी सफल भएको छ ।
नोकिया स्मार्टफोन कम्पनीको यूरोपेली विरासतबाट प्रेरित प्रिमियम नोर्डिक डिजाइनमा छ, यसको प्रडक्ट गुणस्तर उत्कृष्ट छ, प्रिमियम खालको जेइस इमेजिङ अनुभव छ र बजारलाई नेतृत्व दिन सक्ने विश्वसनीयता छ ।
यसको स्मार्टफोनमा साथै तीन वर्षे मासिक सुरक्षा अपडेट र २ वर्षे एन्ड्रोइड सफ्टवेयर अपग्रेड प्रतिबद्धता जस्ता सुरक्षा फिचर पनि छन् । यूरोपका एक मात्र ठूला स्मार्टफोन निर्माताका रुपमा एचएमडी विशुद्ध, सुरक्षित र अप–टू–डेट स्मार्टफोन अनुभव खोज्ने कम्पनी र ग्राहक दुबैमाझ एचएमडी ग्लोबल निकै लोकप्रिय बन्दै गइरहेको छ ।
यस लगानीले चार मुख्य क्षेत्रमा एचएमडी ग्लोबलको रणनीतिक दृष्टिकोणलाई थप मलजल गर्नेछ। पहिलो, यस लगानीले अमेरिकी मोबाइल सेवा प्रदायकहरुसँगको मजबुत साझेदारीमा जोड दिँदै विश्वभरका उपभोक्ताहरुमा फाइभजी स्मार्टफोन पहुँचयुक्त बनाउने कम्पनीको ध्येय तीव्र बनाउनेछ ।
दोस्रो, कोभिड–१९ को महामारीपछि उत्पन्न भएको परिस्थितिमा ग्लोबल एचएमडी थप डिजिटल–फस्र्ट तर्फको रुपान्तरणमा जानेछ। कम्पनीले हालै सञ्चालन शुरु गरेका ब्राजिल लगायत वृद्धि भइरहेको मुख्य बजारका साथै अफ्रिका र भारतमा समेत आफ्नो उपस्थिति विस्तार गर्नेछ ।
अन्तिममा, लगानीले हार्डवेयर बाहेकका अन्य पक्षमा कम्पनीको अग्रणी हैसियतब मजबुत बनाउन मद्दत गर्नेछ र कम्पनीलाई होलिष्टिक मोबाइल सेवा प्रदायक बन्न मद्दत गर्नेछ ।
यस वर्ष मात्रै एचएमडी ग्लोबलले अन्तरराष्ट्रिय डेटा रोमिङ सेवा एचएमडी कनेक्ट शुरु गरेको छ । मोबाइल साइबर सुरक्षा क्षमता बढाउन कम्पनीले भालोना ल्याबको सम्पत्ति खरिद गरेको छ र फिनल्याण्डको तम्पेरेमानयाँ अनुसन्धान तथा विकास केन्द्र बनाएर सफ्टवेयर, सुरक्षा र सेवामा डेडिकेटेड स्रोत निर्माण गरेको छ ।
‘यस लगानीले मोबाइल कनेक्टिभीटी अभिवृद्धिसहितको फाइभजी स्मार्टफोन निर्माण गर्ने कम्पनीको प्रयासलाई बढाउनेछ। साथै, युवा जनसंख्या बढिरहेको र स्मार्टफोन तथा स्मार्ट प्रविधिको तीव्र प्रयोगले भइरहेको क्षेत्रका रुपमा डिजिटल–फस्र्ट सोलुसन्सको बढ्दो माग धान्न हाम्रो सेवालाई हार्डवेयर बाहेक अन्य क्षेत्रमा विस्तार गर्न यो भन्दा उत्तम समय हुँदैन,’ ग्लोबल एचएमडीको पान एशियाका लागि महाप्रबन्धक रवि कुमारले भने ।
कम्पनीको अद्वितीय व्यवसाय मोडल परिपक्वताको नयाँ स्तरमा प्रवेश गरिरहेको भन्दै अहिलेसम्म कम्पनीले प्राप्त गरेको उल्लेख्य सफलता प्रति आफू निकै गौरवान्भित भएको एचएमडी ग्लोबलका अध्यक्ष तथा सह–संस्थापक जँ–फ्रान्स्वा बरिलले बताएका छन् ।
कम्पनीले सन् २०१६ मा यसको सञ्चालन शुरु गरेयता एचएमडी ग्लोबल अहिले आठ क्षेत्रका ९१ ओटा बजारमा सक्रिय रहेको छ, यसका २ लाख ५० हजार खुद्रा पसल छ भने अहिलेसम्म यसले २४ करोड थान बेचिसकेको छ ।