वनप्लस ग्यालरीमा ‘फोर के’ भिडिओ सम्पादन फिचर्स |
काठमाडौं । चिनयाँ स्मार्टफोन ब्रान्ड वनप्लसको ग्यालरीमा नयाँ अपडेट आएको छ। पछिल्लो अपडेट ३.१२.२८ ले ग्यालरीमा भिडिओ सम्पादनको सुविधा थप गरिदिएको छ ।
स्मार्टफोनले फोरके गुणस्तरका भिडिओ रेकर्ड गर्ने क्षमता भएपनि यअसघि थर्डपार्टी एपमा गएर सम्पादन गर्नुपर्ने बाध्यता यो अपडेटबाट अन्त्य भएको हो ।
नयाँ अपडेटले फोरके भिडिओ सम्पादनको सुविधा ग्यालरीमै थप गरिदिएको छ । यो सुविधा यदि वनप्लस ग्यालरीका प्रयोगकर्ताले नपाएको भए एप अपडेट गर्नुपर्छ ।
यो सुविधा थप भएसँगै प्रयोगकर्ताले भिडिओ रेकर्ड गरेर सिधै ग्यालरीबाट सम्पादन गर्नसक्ने छन् । धेरैजसो स्मार्टफोनमा भिडिओ सम्पादनका लागि थर्डपार्टी एपको सहायता लिनुपर्छ ।