नेसनल लाइफ इन्सुरेन्सको लाभांश घोषणा |
काठमाडौं । नेसनल लाइफ इन्सुरेन्स कम्पनीले लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७५/७६ को १७.५% लाभांश घोषणा गरेको हो । यसले १५% नगद लाभांश र २.५% बोनस सेयर दिन लागेको हो ।
नेसनल लाइफको शुक्रबार बसेको सञ्चालक समिति बैठकले लाभांश सम्बन्धी निर्णय गरेको हो । हाल नेसनल लाइफको चुक्ता पुँजी ३ अर्ब ८ करोड २६ लाख रुपैयाँ रहेको छ । २.५% बोनस वितरणपछि पुँजी ३ अर्ब १५ करोड ९६ लाख रुपैयाँ पुग्नेछ ।