शाओमीको भारतीय उत्पादन प्लान्टमा ९५ प्रतिशत महिला कर्मचारी |
चिनियाँ इलोक्ट्रोनिक्स निर्माता कम्पनी शाओमीको भारतस्थित उत्पादन प्लान्टमा काम गर्नेमध्ये ९५ प्रतिशत महिला रहेको कम्पनीले दाबी गरेको छ ।
शाओमी इन्डियाका प्रबन्ध निर्देशक मनुकुमार जैनको भिडिओ सन्देशमा उक्त कुरा उल्लेख गरेका छन् ।
सन् २०१५ देखि भारतमा उत्पादन सुरु गरेको शाओमीको उत्पादन प्लान्टमा अहिले ३० हजार बढीले काम गरिरहेको र त्यसमा ९५ प्रतिशत बढी महिला रहेको उनले बताएका छन् ।
मोबाइल र टिभीमा शाओमी भारतमा अग्रणी ब्रान्ड हो। भारतीय बजारमा खतप हुने शाओमीका ८९ प्रतिशत डिभाइस भारतमै उत्पादन हुन्छन्।