सिभिल बैंकको नाफा घट्यो |
काठमाडौं । सिभिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४५ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको भन्दा ३५.३९५ ले थोरै हो । अघिल्लो वर्ष बैंकले ७० करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
सिभिलको खुद ब्याज आम्दानी १.७८५ ले बढ्दा सञ्चालन नाफा भने ४२.५९५ ले घटेको छ । यो त्रैमाससम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा पनि ५४.७२५ ले घटेको छ ।
बैंकले निक्षेप संकलन र कर्जा लगानी भने क्रमशः ३६.९३५ र २०.६५५ ले बढाउन सफल भएको छ ।
असारसम्म यसको चुक्ता पुँजी ८ अर्ब ३३ लाख रुपैयाँ रहेको छ । रिजर्भ कोषमा भने १ अर्ब ८० करोड रुपैयाँ छ । बैंकलाई रिजर्भ कोष बढाउने चुनौती देखिन्छ । चौथो त्रैमाससम्म आइपुग्दा सिभिलको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७९ पैसाले घटेर ५ रुपैयाँ ७१ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ८५ पैसा रहेको छ ।